FAQs Complain Problems

वडा नं. ६






उदयपुरगढी गाँउपालिका वडा नं. ६


उदयपुरगढी गाँउपालिका

वडा नं. ६ को कार्यालय

Email: 6.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना :  नेपालटार  (साविक पञ्चावती गा वि स वडा नं ४)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
कृष्ण बहादुर खत्री वडा अध्यक्ष 9842998007
सरिता कार्की महिला वडा सदस्य (कार्यपालिका सदस्य) 9865151584
भोज कुमारी सार्की दलित महिला वडा सदस्य 9844296715
थमान कुमार थापा वडा सदस्य 9844158075
अम्बर बहादुर लायो मगर वडा सदस्य 9842817527

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
खिलाराज कार्की वडा सचिव 9852835379
इन्दिरा लामा सामाजिक परिचालक 9862964734
पुष्पराज दनुवार प्राविधिक
शैलेन्द्र कुमार पटेल नायव प्राविधिक सहायक 9816204267
गीता कुमारी श्रेष्ठ नायव प्राविधिक सहायक ---
लक्ष्मण कार्की नायव पशु स्वास्थ्य प्राविधिक ---
विशेष भट्टराई कार्यालय सहयोगी 9840428395

यस वडाको पूर्वी दिशामा वडा नम्बर ७ र ८, पश्चिममा कटारी नगरपालिका र उदयपुरगढी कै वडा नम्बर ५, उत्तरमा वडा नम्बर ५ र दक्षिणमा सिरहाको लहान नगरपालिका अवस्थित छ । मझुवा, भुमरे, नागबेले, रुम्जाटार, वर्दमार, अरिदमार, गोहिया, हात्तीढुंगा, धप्पर,दनुवारवेशी, जग्रेटार, आँपडाँडा, बोहोरीबोट, सान्धाने, नेपालटार बजार, भुतिया, बुढाथोकीटार, अमिल्टार र अम्बोटे गरी यस वडामा १९ वटा मुख्यमुख्य वस्तीहरू रहेको छ ।
जम्मा घरधुरी १०२४ र कुल जनसंख्या ७१३६ रहेको यस वडामा पुरुषको संख्या ३७२४ र महिलाको संख्या ३४१२ रहेको छ । प्रायजसो मानिसहरु कृषि र पशुपालनमा आश्रित छन् । उद्योग, व्यापार तथा अन्य पेशा अपनाउनेहरु पनि छन् । नेपालटार बजार, काभ्रेपानी महादेव मन्दिर, राधेराधे मन्दिर, पिपलबोट चौतारो, भकुण्डे चौरी जस्ता महत्वपूर्णमन्दिर तथा स्थलहरू यस वडामा छन् । पोलिक्लिनिक र मेडिकल रहेको यस वडाको धप्पर र नेपालटार भन्ने ठाउँहरुमा खोप केन्द्र पनि छ । यस वडामा सानिमा बैंकले सेवा उपलब्ध गराएसँगै सनराइज बैंक, लक्ष्मी बैंकले शाखारहित बैकिङ सुविधा प्रदान गरेका छन् । यसैगरी पौवा सहकारी, साना किसान सहकारी र दनुवारबेसी सहकारी पनि यस वडामा रहेको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको यस वडामा बौद्ध र क्रिश्चियन धर्म मान्नेहरु पनि छन् । प्राय जसोले नेपाली भाषा बोल्दछन् ।

Population: 
७१३६
Ward Contact Number: 
९८४२९९८००६
//