FAQs Complain Problems

वडा नं. ६

वडा नं ६

ठेगाना :  नेपालटार (साविक पञ्चावती गा वि स वडा नं ४)

यस वडाको पूर्वी दिशामा वडा नम्बर ७ र ८, पश्चिममा कटारी नगरपालिका र उदयपुरगढी कै वडा नम्बर ५, उत्तरमा वडा नम्बर ५ र दक्षिणमा सिरहाको लहान नगरपालिका अवस्थित छ । मझुवा, भुमरे, नागबेले, रुम्जाटार, वर्दमार, अरिदमार, गोहिया, हात्तीढुंगा, धप्पर,दनुवारवेशी, जग्रेटार, आँपडाँडा, बोहोरीबोट, सान्धाने, नेपालटार बजार, भुतिया, बुढाथोकीटार, अमिल्टार र अम्बोटे गरी यस वडामा १९ वटा मुख्यमुख्य वस्तीहरू रहेको छ ।
जम्मा घरधुरी १०२४ र कुल जनसंख्या ७१३६ रहेको यस वडामा पुरुषको संख्या ३७२४ र महिलाको संख्या ३४१२ रहेको छ । प्रायजसो मानिसहरु कृषि र पशुपालनमा आश्रित छन् । उद्योग, व्यापार तथा अन्य पेशा अपनाउनेहरु पनि छन् । नेपालटार बजार, काभ्रेपानी महादेव मन्दिर, राधेराधे मन्दिर, पिपलबोट चौतारो, भकुण्डे चौरी जस्ता महत्वपूर्णमन्दिर तथा स्थलहरू यस वडामा छन् । पोलिक्लिनिक र मेडिकल रहेको यस वडाको धप्पर र नेपालटार भन्ने ठाउँहरुमा खोप केन्द्र पनि छ । यस वडामा सानिमा बैंकले सेवा उपलब्ध गराएसँगै सनराइज बैंक, लक्ष्मी बैंकले शाखारहित बैकिङ सुविधा प्रदान गरेका छन् । यसैगरी पौवा सहकारी, साना किसान सहकारी र दनुवारबेसी सहकारी पनि यस वडामा रहेको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको यस वडामा बौद्ध र क्रिश्चियन धर्म मान्नेहरु पनि छन् । प्राय जसोले नेपाली भाषा बोल्दछन् ।

Population: 
७१३६
Ward Contact Number: 
९८४२९९८००६