Submitted on: Sun, 06/17/2018 - 17:24
संघीय संरचना अनुसार प्रदेश नं १ अन्तर्गतको उदयपुर जिल्लाको ८ वटा स्थानीय तहमध्ये उदयपुरगढी गाउँपालिका एक हो ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट ३६ किलोमिटर उत्तर - पश्चिम क्षेत्रमा रहेका साबिकका गा.वि.स. : भलायडाँडा, पंचावती, डुम्रे, बर्रे, तावाश्री गरी ५ वटा गा.वि.स. लाई समेटेर उदयपुरगढीको निर्माण गरिएको हो ।
उत्तरी आक्षांश : २६०४६'५३.४६" - २७००२'४९.८६"
पूर्वी देशान्तर : ८६०२६'५९.२२" - ८६०३७'४.७५"
सिमाना :
पूर्व : त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका
पश्चिम : कटारी नगरपालिका
उत्तर : ताप्ली गाउँपालिका
दक्षिण : सिरहा जिल्ला
राष्ट्रिय जनगणना २०७८ अनुसार :
घर परिवार संख्या : ६८०० , जम्मा जनसंख्या : २८९२६ (१४०९७ महिला र १४८२९ पुरुष), जनसंख्या वृद्धिदर : - ६.२४% (घटेको छ)
पर्यटकीय स्थलहरु : परेवा झरना, भूगोल पार्क, भ्यू टावर, टुँडिखेल, ताप्ली पोखरी, पुरानो उदयपुरगढी, जोगीधारा, अँधेरी झरना, भालुदह आदि
धार्मिक स्थलहरु :पञ्चावती माईको मन्दिर, हाडेटार महादेव, केउरेनी महादेव, काभ्रेश्वर महादेव, छिरेश्वर महादेव, ककनी महादेव, गणेश मन्दिर, गैँडाखोर महादेव थान आदि
मुख्य चाडपर्वहरु : दशैं, तिहार, बुद्धपूर्णिमा, नागपञ्चमी, हरितालिका तीज, मातातिर्थ औशी, कुशेऔंसी, श्री कृष्ण जन्माष्टमी, रामनवमी, शिवरात्री, फागुपुर्णिमा, माघेसंक्रान्ती, साउने संक्रान्ती, चैंतेदशैं, हरिशयनी एकादशी, हरिबोधनी एकादशी, लगायत हुन् ।
प्रमुख आम्दानीको श्रोत : कृषि, पशुपालन, पर्यटन, व्यापार ।
सडक सञ्जाल : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोक राजमार्ग फाष्ट ट्रयाक धरान, चतरा, हेटौडा सडकमार्गको विकासले गति लिने विश्वास छ ।
प्रशस्त खोलानाला, उर्बर खेतियोग्य जमिन, हरियाली वनजंगल, वनस्पती, जडिबुटीहरु यस गाउँपालिकामा अर्थोपार्जनका प्रमुख आधारहरु हुन् ।
पञ्चावती मन्दिरको आसपासमा निर्मित टुँडिखेल, भ्यू टावरबाट देखिने सुन्दर हिमालको दृश्यावलोकनले यस गाउँपालिकाको अर्को रमणीय विशेषतालाई झल्काएको छ ।
वडागत विवरण:
वडा नं
|
नाम
|
क्षेत्रफल
|
१
|
तावाश्री
|
३३.४५ वर्ग कि.मी.
|
२
|
मान्सिन्टार घट्टा
|
१६.६ वर्ग कि.मी.
|
३
|
जरुवा
|
३०.८७ वर्ग कि.मी.
|
४
|
डुम्रे
|
२२.४४ वर्ग कि.मी.
|
५
|
उदयपुरगढी
|
३६.३ वर्ग कि.मी.
|
६
|
नेपालटार
|
४६.२९ वर्ग कि.मी.
|
७
|
हाडेबास
|
४६.०९ वर्ग कि.मी.
|
८
|
नरेटार
|
३७.४६ वर्ग कि.मी.
|
जम्मा क्षेत्रफल
|
२६९.५ वर्ग कि.मी.
|