FAQs Complain Problems

समाचार

वडा नं. ७

वडा नं ७

ठेगाना : हाडेबास (साविक भलायडाँडा  गा वि स वडा नं ३,९)

यस वडाको पूर्वी दिशामा त्रियुगा नगरपालिका, पश्चिममा वडा नम्बर ८, उत्तरमा वडा नम्बर ६ र दक्षिणमा उदयपुरगढी गाउँपालिका कै वडा नम्बर ८ र सुरुङ् नगरपालिकाको वडा नम्बर २ पर्दछ । यस वडामा कोल्टे, ध्याम्पे, मैनाटार, हाडेवास, बिरालीटार, थापाटार, पिडीवास, अजिङगरे, बतासे, बाइराङे, अधेरी, विजनबारी, चियावारी, कुइभीर, नागबिलेसहितका १५ वटा वस्तीहरू रहेका छन् ।
कुल घरधुरी संख्या १२८६ रहेको यस वडामा जम्मा जनसंख्या ४७१४ छ । जसमा पुरुषको  संख्या २४५३ छ भने महिलाको संख्या २२६१ छ । यस वडामा एउटा बालविकास केन्द्र, १० वटा आधारभूत विद्यालय, एउटा माध्यमिक विद्यालय र एउटा निजी विद्यालय छन् । वडाको सुरक्षाको लागि प्रहरी चौकी पनि छ । कृषि र पशुपालन यहाँका मानिसहरुको मुख्य पेशाको रुपमा रहेको छ । व्यापार व्यवसायमा पनि केही मात्रामा सक्रिय छन् । हिन्दू धर्म मान्ने नागरिकको संख्या धेरै रहेको यस वडामा नेपाली भाषा धेरै जनाले बोल्दछन् । 

Population: 
४७१४
Ward Contact Number: 
९८४४१५९०४९