FAQs Complain Problems

समाचार

वडा नं. ४

वडा नं ४

 

ठेगाना : डुम्रे (साविक डुम्रे गा वि स वडा नं १-९)
यस वडाको पूर्वमा वडा नम्बर ८, पश्चिममा वडा नम्बर २, उत्तरमा वडा नम्बर ३ र दक्षिणमा वडा नम्बर ५ रहेको छ । यस वडाका प्रमुख टोलवस्तीहरूमा डुम्रे, गजेथुम्का, हिमन्ते, माँझगाउँ, गोगने मझुवा, ढुंग्रे, रामभन्ज्याङ, बेतेनी मझुवा लगायतका वस्तीहरू छन् । 
जम्मा घरधुरी ४०६ रहेको यस वडामा २०८८ कुल जनसंख्या छ जसमा पुरुषको संख्या १११३ र महिलाको संख्या ९७५ रहेको छ । यहाँका धेरैजसो मानिसले मुख्य पेशाको रुपमा कृषि र पशुपालनलाई अँगालेका छन् । स्वास्थ्य चौकी र गाउँघर क्लिनिक रहेको यस वडामा ८ वटा बाल विकास केन्द्र, ६ वटा आधारभूत विद्यालय र २ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । डुम्रे महिला कृषि सहकारी रहेको यस वडामा बाल विकास समाज, जाल्पा चिलाउने जस्ता गैह् सरकारी संस्था पनि कार्यरत छन । सोला भन्ज्यांग, वछ्यूटार, महाकाली थान मन्दिर र ध्याम्पा थुम्का मन्दिर जस्ता धार्मिक महत्व बोकेका स्थलहरुले यस वडालाई शोभायमान बनाएका छन् ।

Population: 
२०८८
Ward Contact Number: 
९८४२८२५११६