वडा नं. १

वार्ड नम्बर एक

ठेगाना ः ब्वाँसे, तावाश्री
यस वडाको पूर्व भागमा वडा नं ५ , पश्चिममा कटारी नगरपालिका, उत्तरमा ताप्ली गाउँपालिका र दक्षिणमा कटारी नगरपालिका पर्दछ । यस वडाका प्रमुख टोलबस्तीहरुमा गोहीया, ललहरी, रातमाटे, हजारे, कात्तिके, बाहुनीटार, दुर्जे, लिपेआहाले, बिस्नीचौर, पसलटार, अम्बोटे, हुलाक भन्ज्यांग, सुस्लिंगटोल, लामिछानेटोल, देउराली, तामांगटोल, बेलडाँडा, हात्तिखर्क, हात्तिटार, प्वाँसेलगायत छन् ।
कुल घरधुरी ८५० रहेको यस वडामा जम्मा जनसंख्या २५५५ छ जसमा १३२८ पुरुष र १२२७ महिला छन् । यस वडाका मानिसहरुको मुख्य पेशा कृषि र पशुपालन रहेको छ । ५ वटा बाल विकास केन्द्र, ४ वटा आधारभूत र एउटा माध्यमिक विद्यालय रहेको यस वडाका मानिसहरुको शैक्षिक अवस्था सन्तोषजनक छैन । यस वडामा स्वास्थ्य चौकी, गाउँघर क्लिनिक र बर्थिङ सेन्टर पनि रहेका छन् ।
हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको यस वडामा बौद्ध, किराँत, क्रिश्चियन र ईस्लाम धर्मावलम्बी पनि छन् । प्राय जसो मानिसले बोल्ने भाषा नेपाली र मगर रहेको छ । यस वडामा शिवालय वचत तथा ऋण सहकारी संस्थाको साथसाथै वल्र्ड भिजन इन्टरनेशनल, जाल्पा एकीकृत विकास संस्था, नेस्पेक र हुरेण्डेक जस्ता गैरसरकारी संस्था पनि कार्यरत छन् ।

   
वडा अध्यक्ष खेद बहादुर आले मगर
सदस्य कटक बहादुर कटुवाल
सदस्य जय बहादुर मगर
महिला सदस्य धन कुमारी मगर
दलित महिला सदस्य भक्त माया रम्तेल