उदयपुरगढ़ि गाउँपालिकाको संछिप्त परिचय

सगरमाथा अंचल उदयपुर जिल्ला २६°४९'५३" उत्तरी अक्षांशदेखि २७°०२'०२" उत्तरी अक्षांशसम्म र ८६°२६'५०" पुर्बी देशान्तरदेखि ८६°३६'५५" पुर्बी देशान्तरसम्म अवस्थित साबिकको तावाश्री, बर्रे, डुम्रे, पंचावती तथा भलायड़ाडा गा.वि.स. हरु मिली उदयपुरगढी गाउँपालिका बनेको हो | जिल्लाको पुरानो सदरमुकाम तथा ऐतिहासिक महत्व बोकेको उदयपुरगढीको नामको आधारमा गाउँपालिकाको नाम तथा केन्द्र उदयपुरगढी नै रहने गरि यस छेत्रलाई नयाँ उदयपुरगढी गाउँपालिकाको रुपमा प्रस्ताव गरिएको हो | 

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक् नेपालको पूर्वाञ्चल बिकास क्षेत्र, सगरमाथा अञ्चल, प्रदेश नम्बर १, उदयपुर जिल्लामा उदयपुरगढी गाउँपालिका पर्दछ। मुलुकका सात सय त्रिपन्न स्थानिय तह सरकारमध्ये उदयपुरगढी पनि एक हो।  २६९‍.५१ वर्ग किलोमिटर कुल छेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिका, उत्तरमा तप्ली गाउँपालिका, पश्चिममा कटारी नगरपालिका र दक्षिणमा सिरहा अवस्थित छ | यो गाउँपलिका समुन्द्र सतहदेखी ११५७ मिटरको उचाइमा रहेको छ। यस गाउँपालिकामा ८ वटा वडाहरु [१ - ब्वाँसे (तावाश्री), २ - मान्सिनटार घटा (बर्रे), ३ - जरुवा (बर्रे), ४ - डुम्रे, ५ - उदयपुरगढी, ६ - नेपालटार, ७ - हाडेबास (भलायडाँडा), ८ - नरेटार (भलायडाँडा)] छन् | ककनी मन्दिर, शिवालय, गणेश मन्दिर, पंचावती माईको मन्दिर, काभ्रेश्वर मन्दिर, हाडेश्वर महादेव मन्दिर जस्ता प्रशिद्द पर्यटकीय तथा धार्मिक महत्व बोकेको स्थलहरु यस गाउँपालिकामा रहेका छन् | प्राकृतिक सुन्दरताले भरिपुर्ण यस गाउँपालिकामा बैधनाथ बैजनी खोला, माटेखोला, वडरे खोला, इन्द्रेणी पोखरी, तप्ली पोखरी लगायतका तालतलैया पनि छन् | राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्या ३०,७८० रहेको यस गाउँपालिकामा १४,५४८ पुरुष र १६,२३२ महिला छन् |

आर्थिक वर्ष: