FAQs Complain Problems

समाचार

७४/७५

उदयपुरगढी गाउँपालिकाको संक्षिप्त परिचय

संघीय संरचना अनुसार काेशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको ८ वटा स्थानीय तहमध्ये उदयपुरगढी गाउँपालिका एक हो । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट ३६ किलोमिटर उत्तर - पश्चिम क्षेत्रमा रहेका साबिकका भलायडाँडा, पंचावती, डुम्रे, बर्रे, तावाश्री गरी ५ वटा गा.वि.स. लाई समेटेर उदयपुरगढीको निर्माण गरिएको हो ।

उत्तरी आक्षांश : २६४६'५३.४६" - २७०२'४९.८६" 

पूर्वी देशान्तर : ८६२६'५९.२२" - ८६३७'४.७५" 

सिमाना :                      

पूर्व : त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका

पश्चिम : कटारी नगरपालिका

उत्तर : ताप्ली गाउँपालिका

दक्षिण : सिरहा जिल्ला

राष्ट्रिय जनगणना २०७८ अनुसार घर परिवार संख्या ६८०० बाट निकालिएको तथ्यांकमा उदयपुरगढी गाउँपालिकाको जम्मा जनसंख्या २८९२६ रहेको छ, जसमा १४०९७ महिला र १४८२९ पुरुष छन् । राष्ट्रिय जनगणना २०६८ र २०७८को जनगणनाको जनसंख्या तुलना गर्दा ६.२४% प्रतिशतले घटेको छ ।

उदयपुरगढी गाउँपालिकामा परेवा झरना, भूगोल पार्क, भ्यू टावर, टुँडिखेल, ताप्ली पोखरी, पुरानो उदयपुरगढी, जोगीधारा, अँधेरी झरना, भालुदह जस्ता पर्यटकीय स्थल तथा पञ्चावती माईको मन्दिर, हाडेटार महादेव, केउरेनी महादेव, काभ्रेश्वर महादेव, छिरेश्वर महादेव, ककनी महादेव, गणेश मन्दिर, गैँडाखोर महादेव थान धार्मिक स्थलहरु अवस्थित छन् ।यहाँका मानिसहरुले मनाउने मुख्य चाडपर्व दशैं, तिहार, हरितालिका तीज, रामनवमी, शिवरात्री, फागुपुर्णिमा, बुद्धपूर्णिमा, नागपञ्चमी, माघेसंक्रान्ती, साउने संक्रान्ती, श्री कृष्ण जन्माष्टमी, चैंतेदशैं, हरिशयनी एकादशी, हरिबोधनी एकादशी, कुशेऔंसी लगायत हुन् ।

यस गाउँपालिकाको बासिन्दाहरुको प्रमुख आम्दानीको श्रोत कृषि, पशुपालन तथा पर्यटन व्यापार हो । नेपालको विकासको धरोहर राष्ट्रिय गौरवको आयोजना यसै गाउँपालिकासँग जोडिने मदन भण्डारी लोक राजमार्ग फाष्ट ट्रयाक धरान, चतरा, हेटौडा सडकमार्गको विकासले गति लिने विश्वास छ ।प्रशस्त खोलानाला, उर्बर खेतियोग्य जमिन, हरियाली वनजंगल, वनस्पती, जडिबुटीहरु यस गाउँपालिकामा अर्थोपार्जनका प्रमुख आधारहरु हुन् । पञ्चावती मन्दिरको आसपासमा निर्मित टुँडिखेल, भ्यू टावरबाट देखिने सुन्दर हिमालको दृश्यावलोकनले यस गाउँपालिकाको अर्को रमणीय विशेषतालाई झल्काएको छ ।

Pages